स्थानीयलाई विमान दुर्घटनास्थल पुग्ने हतारोले एम्बुलेन्स जाममा
पाेखरा | माघ १, २०७९
काठमाण्डौबाट पोखरा आउँदै गरेको यतिको विमान सेती खोंचमा दुर्घटना भएपछि उद्धारार्थ जुटेका एम्बुलेन्स र प्रहरीका गाडीहरु त्यहाँ पुग्न कठिनाई भइरहेको छ ।
पोखराभित्र रहेका एम्बुलेन्सहरु आपतकालीन उद्धारकालागि निस्केपन िसडकमा अत्यधिक जाम भएको छ । आज बिदाको दिन रहेकाले पनि स्थानीयहरु घटनास्थलमा पुग्ने क्रममा सडक जाम भएको छ ।
प्रहरी र ट्राफिकहरुले यथाशक्य प्रयास गर्दा पनि सडक खोल्न हम्मे पर्दा उद्धार र शव संकलनार्थ एम्बुलेन्सहरु बाटैमा रोकिएका छन् ।
६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखराको सेती खोंचमा दुर्घटनामा परेको हो । उक्त विमान काठमाण्डौबाट आउँदै गर्दा विमानस्थलबाट करिब २ किलोमिटरको दुरीमा दुर्घटना परेको छ ।
घटनास्थलमा हेर्न जानेको संख्याले गर्दा एम्बुलेन्सले बाटो पाउन नसकेको हाम्रा सम्वाददाता बिबि रोकाले जनाएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

